
शुरु हुन्छ मेरो दुनियाँ यो रात संगै
नजिकिन्छन् मान्छेहरु मिठा बात संगै
बेमतलबी बनेर लुछ्न थाल्छन शरीर
होशहवाश गुमाई बोतलको मात संगै
निर्जिब फुल सरी च्यातेर फ्याँकिदिन्छन्
काम सारा सकिएपछि फोहरको खात संगै
तिर्खा मेटी बाटो लाग्छन् पधेरीको पानी झै
रित्तिन्छु म चाँही शुन्य यो हात संगै
थरी थरी कुरा सुनी सयौ उपनाम बोकी
बिबशतामा जिउछु म समाजको घात संगै
ब्लग-जगतमा स्वागत छ! निरन्तरता र सफलताको शुभकामना!
ReplyDeletebasanta sir thank u so much ...
ReplyDelete