
च्यातेर फुलको कहानी कथा ठान्यौ तिमीले
लुटेर फुलको जवानी बिजय मान्यौ तिमीले
मागेको के थियौ र? जवाफ पायौ पथ्थरले
निर्दोष ए फुल कस्तो माली छान्यौ तिमीले by:sabee
मौसम सँगै झर्छ फूल दोष किन मलाई ?
समयको वहाव त्यस्तै आक्रोस किन मलाइ ?
जस्तो प्रश्न गर्छाै उस्तै जवाफ आउछ नी
केही नगरेरै पनि विरोध किन मलाई ? by:sujan vai
न बिरोध न आक्रोश फुल न हुँ एउटा
काँडा बीच हाँसी रहने सुल न हुँ एउटा
श्रिष्टीको रचना हुँ दोष दिन्न कसैलाई
आनन्द दिने सौन्दर्यको तुल न हुँ एउटा by:sabee
No comments:
Post a Comment