
त्यो सगरको निलो मैदानमा
जब उडेको देख्छु
मेरो साथ खोज्दै
ती जोडी सेता परेवाहरु
मेरा रहरका चुलीहरु
झन झन चुलिदै जान्छ
भतभती पोल्छ यो मुटु
चिच्याउन मन लाग्छ तर
कसले सुन्छ मेरो चित्त्कार?
मेरो पखेटा काट्नेहरुले ?
मेरो खुट्टा भाँच्नेहरुले ?
कति मुर्ख म पनि
मेरो चित्कार सुन्ने
सामर्थ्य भएको भए त
किन बाँध्थ्यो र
जन्जिरले मलाई
कायर हुतिहाराहरु
तर एक दिन म अबश्य उड्नेछु
सारा कर्तुतको पर्दफास गर्न
अनी सेता परेवालाई साथ दिन .......
titel?????????????
ReplyDeletek rakhne hola...
ReplyDelete