होस् कि नहोस
प्याँ...गरे पुग्ने
के थाहा उसलाई
मेरो सुस्केरा
फाटेको चोलिको बेदना
सडकमा मकै भुटेर पनि
पिठिँयूमा बोक्नै पर्छ
भुईमा राख्यो
फेरी उही सिलसिला
यो मनको छिद्र
दिन प्रति दिन
घाउ बनेर पाक्छन्
कति कट्कटाउछ,कति चर्याउछ
दाँत किटेर सहन्छु
उसकै मुहार मल्हम बन्छ
कता कता निशा भित्र पनि
एउटा मधुरो रोशनी देख्छु
यसै यसै शितल हुन्छ
सकुनको सास फेर्छु ...
सु-सज्जा चिच्याहटलाइ आफ्नै सुस्केराले मलिन बनाइदिने अनि त्यहि चिच्याहट रुन्चे तस्बिरले थकानको बेदनामा मल्हमको काम गरिदिन्छ बेदना भित्रको सुन्दर प्रस्तुती !
ReplyDeletekrishna jee dherai dherai dhanyabaad
ReplyDelete